भारतले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

भारतले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।  भारतले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । 

अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले उपाधि जित्न सफल भएको हो । अष्टे्रलियाले दिएको २१७ रनको लक्ष्य भारतले ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।पहिलो विकेटका लागि ओपनरद्वय पृथ्वी शाह र मनजोतले ७१ रनको साझेदारी गरे । कप्तान पृथ्वी २९ रनमा आउट भए ।

मनजोतले दोस्रो विकेटका लागि शुभम गिलसँग ६० रनको साझेदारी गरे । गिल व्यक्तिगत ३१ रनमा पभेलियन फर्किए । त्यसपछि आएका हार्भिक देसाइसँग मिलेर भारतलाई जित दिलाउने क्रममा मन्जोतले शतक पुरा गरे ।भारतका इशान पोरेल, शिवा सिंह, कमदेश नगरकोटी र आनुकूल रायले समान २-२ विकेट लिएका छन् ।

भारतको यो चौथो उपाधि हो । भारतले यसअघि सन् २०००, २००८ र २०१२ मा प्रतियोगिताको उपाधि जितिसकेको छ ।

Logo