च्याम्पियन्स लिग क्वाटरफाइनल समीकरण पूरा, ठूला क्लबबीच रोमाञ्चक भिडन्त तय

च्याम्पियन्स लिग क्वाटरफाइनल समीकरण पूरा, ठूला क्लबबीच रोमाञ्चक भिडन्त तय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगका खेलसँगै अन्तिम आठमा पुग्ने टोलीहरू निश्चित भएका हुन् ।

लिभरपुलले गालाटासारेलाई ४–० ले पराजित गर्दै समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनायो । बार्सिलोनाले न्युक्यासलमाथि ७–२ को शानदार जित निकाल्दै समग्रमा ८–३ ले अघि बढ्यो । बायर्न म्युनिखले एटलान्टालाई ४–१ ले हराउँदै समग्रमा १०–२ को प्रभावशाली जितसहित क्वाटरफाइनल यात्रा तय ग-र्याे ।

यता, टोटेनहमले एट्लेटिको मड्रिडलाई ३–२ ले हराए पनि समग्र नतिजामा ५–७ ले पछि परेर बाहिरियो भने एट्लेटिको अन्तिम आठमा प्रवेश गर्याे ।

अब क्वाटरफाइनलमा युरोपका ठूला क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । रियल मड्रिड र बायर्न म्युनिखबीचको भिडन्त, बार्सिलोना र एट्लेटिको मड्रिडको स्पेनिस डर्बी, पिएसजी र लिभरपुल तथा स्पोर्टिङ लिस्बन र आर्सनलबीचको खेलले प्रतियोगिता अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

Logo