अफ्रिका कप विवाद चर्कियो-सेनेगलद्वारा अन्तर्राष्ट्रिय छानबिनको माग

अफ्रिका कप विवाद चर्कियो-सेनेगलद्वारा अन्तर्राष्ट्रिय छानबिनको माग

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको विषयमा सेनेगल सरकारले आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र छानबिनको माग गरेको छ ।

अफ्रिकी फुटबल महासंघ (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याएर मोरक्कोलाई ३–० को जितसहित उपाधि दिएको निर्णयपछि विवाद गहिरिएको हो । सेनेगलले उक्त निर्णयलाई ‘अन्यायपूर्ण’ भन्दै अस्वीकार गरेको छ ।

यसअघि जनवरीमा भएको फाइनलमा सेनेगलले मोरक्कोलाई १–० ले हराएको थियो । तर पेनाल्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका खेलाडी केही समय मैदानबाट बाहिरिएपछि सीएएफले खेल ‘फोरफिट’ भएको ठहर गर्दै नतिजा परिवर्तन गरेको थियो । पछि खेल पुनः सुरु हुँदा अतिरिक्त समयमा निर्णायक अवस्था बनेको थियो ।

मोरक्को फुटबल महासंघको अपिलपछि सीएएफले नियम उल्लंघन भएको निष्कर्ष निकाल्दै निर्णय गरेको हो । मोरक्को पक्षले भने उक्त निर्णयको स्वागत गरेको छ ।

सेनेगल फुटबल महासंघले निर्णयविरुद्ध खेलकुदसम्बन्धी मध्यस्थता अदालत (ऋब्क्) मा अपिल गर्ने तयारी गरेको छ । सीएएफ अध्यक्ष प्याट्रिस मोट्सेपेले घटनाले प्रतियोगिताको विश्वसनीयतामा असर पारेको स्वीकार गरेका छन् ।

यता फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलाडीले मैदान छोड्नु स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् । विवादले अफ्रिकी फुटबलको प्रशासनिक पारदर्शिता र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ ।

Logo