काठमाडौँ । अदालत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्याउँदै चैत १३ गते गरिन लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन रोक्न राखेपले एन्फालाई पुन: निर्देशन दिएको छ ।
राखेपले बिहीबार पत्रमार्फत एन्फालाई निर्वाचनका सवै प्रक्रिया रोकेर तीन दिनभित्र लिखित जानकारी दिन निर्देशन पनि गरेको छ ।
यसअघि एन्फाले फागुन २७ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । त्यतिबेला तय भएको एन्फा निर्वाचन रोक्न निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुनसक्ने देखिएको भन्दै निर्देशन दिएपछि रोकिएको थियो ।






























प्रतिक्रिया