शान्ति म्याराथनमा आर्मीको दबदबा, विनोद रोकाय विजेता

शान्ति म्याराथनमा आर्मीको दबदबा, विनोद रोकाय विजेता

केन्द्रबिन्दु
15
Shares

लुम्बिनी। लुम्बिनीमा सम्पन्न तेस्रो शान्ति म्याराथनमा त्रिभुवन आर्मी क्लबका विनोद रोकाय पहिलो भएका छन्। उनले ४२ किमी दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।

प्रतियोगितामा दोस्रो र तेस्रो स्थान पनि आर्मीले नै कब्जा गर्‍यो। शुशिल कुमार शाही दोस्रो र नरेन्द्र सिंह राउत तेस्रो भए। विदेशी धावकतर्फ चीनका वाङ ची चौथो र केन्याका जुलियस वाहम पाँचौं स्थानमा रहे।

हाफ म्याराथन (२१ किमी) तर्फ पनि आर्मीकै खेलाडीहरू अगाडि देखिए। पुर्ण लक्ष्मी न्यौपाने पहिलो, सन्तोषी श्रेष्ठ दोस्रो र निशा सार्की तेस्रो भइन्।

विजेताले ३ लाख ५० हजार, दोस्रोले २ लाख ५० हजार र तेस्रोले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको आयोजनामा विभिन्न निकायको सहकार्यमा सम्पन्न भएको हो।

Skip This
Skip This
Logo