डिमिट्री पायेटले लिए व्यावसायिक फुटबलबाट संन्यास, ३८ वर्षमै किन गरे एक दशक लामो करियरको अन्त्य ?

डिमिट्री पायेटले लिए व्यावसायिक फुटबलबाट संन्यास, ३८ वर्षमै किन गरे एक दशक लामो करियरको अन्त्य ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । फ्रान्सेली मिडफिल्डर डिमिट्री पायेटले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट औपचारिक संन्यासको घोषणा गरेका छन् ।

आइतबार राति मार्से र लिलबीचको खेलको मध्यान्तरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो २० वर्ष लामो करियरलाई बिट मारेको जानकारी दिएका हुन् । “एक टापुबाट आएर विश्व फुटबलको उच्चतम स्तरमा दुई दशक टिक्नु मेरो लागि गौरवको कुरा हो,” पायेटले सन्यासअसघ भावुक हुँदै भनेका थिए । उनले यो एकम दशकको यात्रालाई “एक सुन्दर कथा” को संज्ञा दिएका थिए ।

पायेटको करियरको सबैभन्दा चर्चित अध्याय भने इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडसँग जोडिएको छ । सन् २०१५ मा मार्सेबाट १०.७ मिलियन पाउन्डमा वेस्ट ह्याम पुगेका पायेटले ६० खेलमा १५ गोल गर्दै छोटो समयमै समर्थकहरूको मन जितेका थिए ।

तर सन् २०१७ मा क्लबको इच्छाविपरीत उनी पुनः मार्से फर्किए । फ्रान्सका लागि ३८ क्याप जितेका पायेटले सन् २०१६ को युरो कपमा टोलीलाई फाइनलसम्म पु¥याउन निर्णायक भूमिका खेलेका थिए । उक्त फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो ।

नान्तेस, सेन्ट–एटियन, लिल र ब्राजिलियन क्लब भास्को दा गामासम्म फैलिएको उनको करियरको अन्तिम गन्तव्य भास्को दा गामा नै बन्यो । गत वर्ष उक्त क्लब छाडेपछि उनले व्यावसायिक फुटबललाई बिदाइ दिएका थिए । “मेरो सपना व्यावसायिक खेलाडी बन्ने थियो, जुन मैले पूरा गरेँ,” पायेटले बिदाइको क्षणमा भने, “राष्ट्रिय टोलीबाट खेल्न पाउनु र यो स्तरमा २० वर्ष बिताउन पाउनु मेरो लागि असाधारण उपलब्धि हो ।”

डिमिट्री पायेटको संन्यासले फुटबल जगतबाट एक सृजनशील, टेक्निकल र भावुक मिडफिल्डरको अन्त्य भएको छ ।

Logo