काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व निलम्बनमा परेको छ ।
नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पटकपटक दिएको निर्देशन पालना नगरेपछि एन्फा नेतृत्वलाई निलम्बन गरेको हो । राखेपले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गरेको जनाएको छ ।
उक्त बुँदामा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने उल्लेख छ ।
यता एन्फा अर्ली इलेक्सनको तयारीमा छ ।





























प्रतिक्रिया