नेपाल कराते महासंघका अध्यक्ष धावा गुरुङ (दावा) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् ।
राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ उपदफा २ (घ) अनुसार मनाङका गुरुङलाई सदस्यमा नियुक्त गरिएको हो । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शुक्रबार गुरुङलाई पत्र हस्तान्तरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । गुरुङसंग यसअघि पनि राखेपको सदस्य भइ काम गरेको अनुभव छ । आठौं सागमा उनकै संयोजकत्वमा नेपालले स्वर्ण पदकको बर्षा गराएको थियो ।
दावा गुरुङ करातेका यस्ता गुरु हुन् जसको चेलाहरुले मुलुक ढाकेको छ । करातेमा सक्रिय आम गुरुहरुका पनि उनी गुरु हुन् ।





























प्रतिक्रिया