काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले सिजनको उत्कृष्ट सुरुआत गर्दै चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।
गुवाहाटीमा भएको खेलमा १२८ रनको सामान्य लक्ष्य राजस्थानले १२.१ ओभरमै मात्र २ विकेट गुमाएर सहजै पूरा ग¥यो। वैभव सूर्यवंशी र यशस्वी जैसवालको आक्रामक ब्याटिङले खेल एकतर्फी बनायो।
पहिले ब्याटिङ गरेको चेन्नईले कमजोर प्रदर्शन ग¥यो र १९.४ ओभरमा १२७ रनमै सीमित भयो। कप्तान ऋतुराज गायकवाडसहित शीर्षक्रमका ब्याट्सम्यान सस्तोमै आउट भएपछि टोली दबाबमा प¥यो।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविचन्द्रन जडेजाले महत्वपूर्ण विकेट लिए।
जवाफी इनिङमा वैभव सूर्यवंशीले १७ बलमा ५२ रन बनाउँदै खेललाई छिट्टै राजस्थानको पक्षमा मोडे। यशस्वी जैसवालले अविजित ३८ रनको योगदान दिए।
राजस्थानले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ सिजनमा मजबुत सन्देश दिएको छ।





























प्रतिक्रिया