२०२६ विश्वकपमा अफ्रिकाका १० राष्ट्रहरूले प्रतिनिधित्व गर्ने

२०२६ विश्वकपमा अफ्रिकाका १० राष्ट्रहरूले प्रतिनिधित्व गर्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं | सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपमा अफ्रिकाबाट कीर्तिमानी १० वटा राष्ट्रहरूले सहभागिता जनाउने भएका छन्। मंगलबार राति भएको रोमाञ्चक खेलमा डीआर कंगोले जमैकालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेपछि अफ्रिकी टोलीको संख्या १० पुगेको हो।

फिफाले आगामी विश्वकपमा टोलीहरूको संख्या बढाएर ४८ पुऱ्याएसँगै अफ्रिकाले यो महत्वपूर्ण अवसर पाएको हो। विश्वकपको इतिहासमा अफ्रिकाबाट यति ठूलो संख्यामा टोलीहरू सहभागी हुन लागेको यो पहिलो पटक हो।

छनोट भएका १० अफ्रिकी राष्ट्रहरू-

१. सेनेगल
२. मोरक्को
३. इजिप्ट
४. घाना
५. अल्जेरिया
६. ट्युनिसिया
७. कोटे डी आइभोरी (आइभोरी कोस्ट)
८. केप भर्डे
९. दक्षिण अफ्रिका
१०. डीआर कंगो (प्ले-अफ मार्फत)

Logo