मुम्बईद्वारा दिल्लीलाई १६३ रनको लक्ष्य, सूर्यकुमारको कप्तानी अर्धशतक

मुम्बईद्वारा दिल्लीलाई १६३ रनको लक्ष्य, सूर्यकुमारको कप्तानी अर्धशतक

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत शनिबार जारी खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्ससामु जितका लागि १६३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रनको योगफल तयार पारेकाे हाे ।

मुम्बईको सुरुवात निकै फितलो रह्यो। ओपनर रायन रिकलटन मात्र ९ रनमा आउट भए भने तिलक वर्मा शून्यमै पभिलियन फर्किए। टोली दबाबमा परेको बेला कप्तान सूर्यकुमार यादव र अनुभवी ब्याटर रोहित शर्माले इनिङ्स सम्हाल्ने प्रयास गरे।

रोहितले २६ बलमा ५ चौका र १ छक्काको मद्दतले ३५ रन बनाए। कप्तान सूर्यकुमारले कप्तानी इनिङ्स खेल्दै ५१ रनको महत्वपूर्ण अर्धशतक पूरा गरे। उनले ३६ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, नमन धिरले २१ बलमा २८ रन जोडे।

मध्यक्रमका अन्य ब्याटर चल्न नसके पनि अन्तिम ओभरहरूमा मिचेल सान्टनर र कोर्बिन बोशले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए। सान्टनरले अविजित १८ रन बनाए भने बोशले मात्र ४ बलमा २ चौकासहित ११ रनको योगदान दिए।

बलिङतर्फ दिल्ली क्यापिटल्सका मुकेश कुमारले कसिलो बलिङ गर्दै ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। त्यस्तै अक्षर पटेल, लुङ्गी एनगिडी, विप्रज निगम र टी नटराजनले समान १–१ विकेट हात पारे।

Skip This
Skip This
Logo