काठमाडाैं । एर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको क्वाटरफाइनल भिडन्तमा सिटीले लिभरपुलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीले सुरुदेखि नै दबाब कायम राखेको थियो। खेलको ३९ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समय (४५+२ मिनेट) मा व्यक्तिगत दोस्रो गोल गरेका हालान्डले ५७ औँ मिनेटमा ह्याट्रिक पूरा गरे।
यसैबीच, खेलको ५० औँ मिनेटमा एन्टोइन सेमेन्योले एक गोल थपेका थिए। लिभरपुलले खेलभरि गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन र प्रतियोगिताबाट बाहिरिन पुग्यो।





























प्रतिक्रिया