तामाङ्ग दिदिभाईले जोगाए उपाधी

तामाङ्ग दिदिभाईले जोगाए उपाधी

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाका दिदिभाई नङ्गशल तामाङ्ग र रत्नजित तामाङ्गले आफ्नो उपाधी जोगाएका छन् ।

सुदूरपश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तरर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एकल तर्फको जित निकाले संगै उनीहरुले उपाधी जोगाएका हुन् ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलमा सेनाकी नङ्गशलले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ले पराजित गर्दै उपाधी जोगाएकी हुन् । नङ्गशलको यो लगातार तेश्रो उपाधी हो ।

यस्तै टिम ईभेन्टसको एकल प्रतिस्पर्धामा एपिएफका दिपेशसंग हार ब्यहोरेका रत्नजितले ब्यक्तिगत स्पर्धामा दिपेशलाई पराजित गर्दै उपाधी रक्षा गरे ।

पहिलो सेटको खेलमा १९–२१ले पछि परेका रत्नले दोश्रो सेटको खेलमा दिपेशलाई लगातार ११ अंक सम्म कुनै मौका प्रदान गरेनन् । त्यस पछि लयमा फर्कन खोजेका दिपेशलाई ६ अंकमा रोक्दै रत्नले खेल एक एकको बराबरीमा ल्याए । तेश्रो सेटमा २१–१२ को जित निकाल्दै रत्नले उपाधी कब्जा गरे । यो सहित उनले लगातार चौथो उपाधी उचालेका हुन् ।

विभागिय टोलीको दवदवा रहेको प्रतियोगिताको पुरुष डबल्स तर्फ पनि सेनाका रत्नजित तमाङ्ग र नविन श्रेष्ठको जोडीले जित निकाले । तामाङ्ग र श्रेष्ठको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ पराजित गर्दै स्वर्ण हात पारे । धामी र थापामगरको जोडीले टिम ईभेन्ट्को पुरुष जोडी तर्फको खेलमा पराजित गर्न सफल भएका थिए । पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पारेको थियो ।

महिला जोडी तर्फको प्रतिस्पर्धामा पनि सेनाले जित निकाल्यो । सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९, २१–१५ ले पाखा लगाए ।

मिक्स डबल्स तर्फपनि सेनालेनै विजय पायो । सेनाका तामाङ्ग दिदिभाईले एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९ र २१–१० ले पराजित गर्दै सेनाको लागि थप स्वर्ण जोडे ।

सेनाले यस प्रतियोगितामा सात मध्ये ६ स्वर्ण आफ्नो पोल्टामा पार्न सफल भयो

विजयी खेलाडीहरुलाई कञ्चनपुर क्षेत्र नं. ३, प्रतिनिधी सभाका साँसद डा. दीपक प्रकास भट्ट, सशस्त्र प्रहरी बलका बरिष्ठ उपरिक्षक राजेन्द्र शाक्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यष शेरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष ÷महिला एकल तथा जोडी, मिक्स जोडी र पुरुष ÷महिला टिम ईभेन्टस गरि ७ स्वर्णका लागि पाँच विकास क्षेत्र र तीन विभगिय टोलीबाट ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता जनाएका थिए । जसमा पुलिस टिमले महिला टिम ईभेन्टसमा सहभागिता जनाएको थिएन ।

Logo