मालिकामा रु ५५ लाख लागतमा खेलमैदान र सामुदायिक भवन निर्माण

मालिकामा रु ५५ लाख लागतमा खेलमैदान र सामुदायिक भवन निर्माण

केन्द्रबिन्दु
15
Shares

म्याग्दी । मालिका गाउँपालिका–६ डाँडागाउँमा सामुदायिक भवन र खेलमैदान निर्माण गरिएको छ। हिमाली युवा क्लबको पहलमा करिब रु ५५ लाख ६५ हजार लागतमा पूर्वाधार निर्माण सम्पन्न भएको हो।

यसअघि भिरालो पाखा रहेको जमिनलाई डोजर लगाएर करिब ६० मिटर क्षेत्रफल सम्याएर ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइको खेलमैदान बनाइएको क्लबले जनाएको छ। मैदानसँगै दुई कोठे भवन, स्टेज र सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ।

स्थानीयस्तरको श्रमदान र सहयोगलाई प्राथमिकता दिँदै परियोजना सम्पन्न गरिएको हो। कुल लागतमध्ये गाउँपालिका र प्रदेश सरकारबाट अनुदान प्राप्त भए पनि ठूलो हिस्सा समुदायको योगदानबाट जुटाइएको बताइएको छ।

क्लबका अनुसार भवन निर्माण नहुँदा पहिले खेलकुद गतिविधि तथा सभा–समारोह सञ्चालनमा समस्या थियो। अहिले भवन बनेपछि भेला, तालिम, गोष्ठी तथा विभिन्न कार्यक्रम सञ्चालनमा सहज भएको छ।

खेलमैदान निर्माणका लागि स्थानीय बासिन्दा तथा सहयोगी व्यक्तिहरूले नगद तथा श्रमदानमार्फत सहयोग गरेका छन्। परियोजनाले ग्रामीण क्षेत्रमा खेलकुद तथा सामाजिक गतिविधि प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नयाँ वर्षको अवसरमा उद्घाटनसँगै विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको क्लबले जनाएको छ।

Skip This
Skip This
Logo