इटहरी गोल्डकप: पहिलो खेलमा थ्रीस्टार vs एपीएफ

इटहरी गोल्डकप: पहिलो खेलमा थ्रीस्टार vs एपीएफ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ६ माघ । मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज (शनिबार) बाट शुरु हुँदैछ । खेलको  उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । 

पहिलो खेलमा आज ललितपुरको थ्रीस्टार र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ टोली सहभागी हुँदैछन् ।

खेल दिउँसाे ३ बजे हुने छ ।

Logo