काठमाडाैं । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सनराइजर्स हैदरावादले पन्जाब किंग्सलाई जितका लागि २२० रनको कठिन लक्ष्य दिएको छ।
नयाँ चण्डीगढमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रनको विशाल योगफल तयार पारेको हो।
हैदरावादको विशाल स्कोरमा ओपनर अभिषेक शर्माले विष्फोटक पारी खेले। उनले मात्र २८ बलको सामना गर्दै ५ चौका र ८ छक्काको मद्दतले ७४ रनको योगदान दिए।
अर्का ओपनर ट्राभिस हेडसँग ८.१ ओभरमा १२० रनको साझेदारी गर्दै अभिषेकले टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। हेडले २३ बलमा ३८ रन जोडे। यस्तै, मध्यक्रममा कप्तान इशान किशनले २७ र हेनरिक क्लासेनले ३९ रनको योगदान दिए भने अनिकेत वर्माले ९ बलमा १८ रन जोड्दै टोलीको स्कोरलाई उच्च बिन्दुमा पुर्याए।
बलिङतर्फ पन्जाब किंग्सका शशांक सिंहले किफायती बलिङ गर्दै ३ ओभरमा २० रन दिएर २ विकेट लिए। अर्शदीप सिंहले पनि २ विकेट लिए तापनि उनले ४ ओभरमा ५० रन खर्चिन पुगे। जेभियर बार्टलेटले १ विकेट हात पारे।





























प्रतिक्रिया