लखनउद्वारा गुजरातलाई १६५ रनको लक्ष्य

लखनउद्वारा गुजरातलाई १६५ रनको लक्ष्य

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिगअन्तर्गत आइतबार भएको पहिलाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनाएको छ ।

गुजरात टाइटन्सका बलरहरूले कसिलो बलिङ गरेपछि लखनउले ठूलो स्कोर बनाउन सकेन। लखनउका लागि कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन्। प्रारम्भिक ब्याट्सम्यान एडेन मार्क्रमले सर्वाधिक ३० रन (२१ बल) बनाए भने कप्तान ऋषभ पन्त १८ रनमै पेभिलियन फर्किए। निकोलस पुरनले १९ र अब्दुल समदले १८ रनको योगदान दिए। अन्तिम ओभरमा मोहम्मद शामीले ५ बलमा विस्फोटक १२ रन जोड्दै टोलीको स्कोर १६४ सम्म पुर्‍याएका थिए।

गुजरात टाइटन्सका प्रसिद्ध कृष्णा लखनउका ब्याट्सम्यानमाथि निकै हावी भए। उनले ४ ओभरमा मात्र २८ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, अशोक शर्माले २ विकेट झार्दा मोहम्मद सिराज र कागिसो रबाडाको नाममा १–१ विकेट रह्यो। सिराजले निकै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १९ रन खर्चिए।

Logo