काठमाडाैं । आइपिएल २०२६ मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुमाथि रोमाञ्चक जित हात पारेको छ। घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा भएको प्रतिस्पर्धामा दिल्लीले बेङ्गलुरुलाई ६ विकेटले हराउँदै अन्तिम ओभरको थ्रिलरमा बाजी मारेको हो।
टस जितेर दिल्लीले पहिले बलिङ गर्ने निर्णय गरेपछि मैदान उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।
बेङ्गलुरुका लागि ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ६३ रन जोडे भने टिम डेविडले २६ र विराट कोहलीले १९ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका अक्षर पटेल, कुलदीप यादव र लुङ्गी एनगिडीले किफायती बलिङ गर्दै समान २-२ विकेट लिएर बेङ्गलुरुलाई मध्यम स्कोरमा रोक्न सफल भए।
१७६ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९.५ ओभरमा मात्र ४ विकेट गुमाएर १७९ रन बनाउँदै जित हासिल गर्यो। दिल्लीको जितको मुख्य नायक ट्रिस्टन स्टब्स बने, जसले ४७ बलमा अविजित ६० रनको जिम्मेवार इनिङ खेले। उनलाई केएल राहुलले ३४ बलमा ५७ रन बनाउँदै बलियो साथ दिएका थिए। खेलको अन्तिम चरणमा अक्षर पटेलले १९ बलमा २६ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जितको नजिक पुर्याए।
बेङ्गलुरुका बलर भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिँदै खेललाई अन्तिम ओभरसम्म पुर्याए पनि रोमारियो शेफर्डले अन्तिम ओभरमा आवश्यक रन जोड्दै दिल्लीलाई जित दिलाए।





























प्रतिक्रिया