युएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने

युएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । ‘अण्डर लाइट्स’ टी–२० आई सिरिज अन्तर्गत आज भइरहेको प्रतिस्पर्धामा युएईविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

घरेलु मैदानमा फ्लडलाइट मुनि भइरहेको खेलमा नेपालले युएईलाई सस्तैमा समेट्ने लक्ष्यका साथ फिल्डिङ रोजेको हो।

यस खेलमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। आजको प्लेइङ ११ मा विकेटकिपरको भूमिकामा लोकेश बम रहेका छन् भने टोलीको बलिङ आक्रामक बनाउन सन्दीप लामिछाने र शाहब आलमसँगै युवा बलरहरू हेमन्त धामी र सन्तोष यादवलाई समावेश गरिएको छ।

ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको नेपाली टोलीमा कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेख जस्ता अनुभवी खेलाडीहरूको साथ रहेको छ। त्यस्तै, मध्यक्रमलाई मजबुत बनाउन गुल्सन झा र नन्दन यादवले पनि स्थान बनाएका छन्।

Logo