कीर्तिपुर । आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपाली टाेलीकाे ब्याटिङ फितलाे देखिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले २८.६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२० रन बनाएको छ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी ३८ रन बनाएर क्रिजमा टिकिरहेका छन्। उनले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका छन्। ओपनर कुशल भुर्तेलले २४ रन तथा बसिर अहमदले २० रनको योगदान दिए।
अन्य प्रमुख ब्याटर भने सस्तैमा आउट भए। आसिफ शेख ७ रन, भीम सार्की १० रन र कप्तान रोहित पौडेल २ रनमै पभिलियन फर्किए। आरिफ शेख १५ रन बनाएर जुनैद सिद्दिकीको बलमा बोल्ड भए।
यूएईका बलरहरूले सुरुदेखि नै कसिलो प्रदर्शन गर्दै नेपाली ब्याटरहरूलाई दबाबमा राखेका छन्। खुजैमा तन्वीर र अजय कुमारले समान २–२ विकेट लिए भने जुनैद सिद्दिकी र हैदर अलीले १–१ विकेट हात पारेका छन्। हाल नेपालको रनरेट ४.१३ प्रति ओभर रहेको छ।
नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।





























प्रतिक्रिया