लिग-२ सिरिजः नेपाल यूएईविरुद्ध अलआउट

लिग-२ सिरिजः नेपाल यूएईविरुद्ध अलआउट

केन्द्रबिन्दु
474
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाल ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनमा समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको यूएईले नेपाललाई मध्यम योगफलमा रोक्न सफल भएकाे हाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै टोलीको इनिङ्स सम्हाले। कुशल भुर्तेलले २४ रन, करण केसीले २२ रन तथा बसिर अहमदले २० रनको योगदान दिए। अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्।

नेपालले सुरुआतमै विकेट गुमाएको थियो। आसिफ शेख ७ रन, भीम सार्की १० रन, कप्तान रोहित पौडेल २ रनमा आउट भए। त्यसपछि मध्यक्रममा पनि नियमित अन्तरालमा विकेट झर्दा नेपाल दबाबमा परेको थियो। अन्तिमतिर करण केसी र दीपेन्द्रसिंह ऐरीले केही प्रतिकार गर्दै टोलीलाई २०० रनसम्म पुर्‍याए।

यूएईका लागि अजय कुमारले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। जुनैद सिद्दिकी र खजुइमा तनवीरले समान २–२ विकेट लिए भने हैदर अली र मुहम्मद शहदादले १–१ विकेट लिए।

Logo