काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी ओमानविरुद्धको खेलमा युएईका ओपनर अर्यान्स शर्माले उत्कृष्ट शतकीय इनिङ खेलेका छन्।
टस जितेर ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न मैदान उत्रिएको युएईका लागि अर्यान्सले ११९ बलमा ९ चौका र २ छक्काको मद्दतले आफ्नो शतक पूरा गरेका हुन्।
खेलको सुरुदेखि नै संयमित देखिएका अर्यान्सले अर्का ओपनर अदिब उस्मानीसँग मिलेर पहिलो विकेटका लागि १६३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। उस्मानी ७६ बलमा ६४ रन बनाएर आउट भए पनि अर्यान्सले एक किनार सम्हाल्दै युएईको स्कोरलाई अगाडि बढाइरहेका छन्।
समाचार तयार पार्दासम्म युएईले ३४.३ ओभरमा १ विकेट गुमाएर १७७ रन बनाएको छ।
ओमानका तर्फबाट शाह फैसलले मात्र १ विकेट लिन सफल भएका छन् भने अन्य बलरहरू विकेटका लागि संघर्ष गरिरहेका छन्।
यो लिग–२ को पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो। त्रिविमा हुने तेस्रो खेलमा नेपाल र ओमान वैशाख १६ गते बुधबार प्रतिस्पर्धा गर्दैछन् ।































प्रतिक्रिया