काठमाडौं । चार वर्षपछि राष्ट्रिय टोलीबाट एकदिवसीय खेलमा फर्किएका ओपनर विनोद भण्डारीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि भण्डारीले इनिङ्स सम्हाल्दै ७२ बलमा ६ चौकाको मदतमा अर्धशतक पूरा गरेका हुन् । हाल नेपालले २६ ओभरमा ३ विकेट गुमाउँदै १२३ रन जोडेको छ ।
नेपालको सुरुवात केही कमजोर रहे पनि अहिले कप्तान रोहित पौडेल र विनोद भण्डारीले इनिङ्स सम्हालिरहेका थिए । कप्तान पौडल पनि ३९ रन बनाएर आउट भएपछि दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्।
यसअघि ओपनर अर्जुन कुमाल व्यक्तिगत ११ रन बनाउँदा अजय कुमारको बलमा शर्माद्वारा क्याच आउट भए। लगत्तै भीम सार्की शून्य रनमै पेभिलियन फर्किएपछि नेपाल केही दबाबमा परेको थियो। भीमलाई पनि अजय कुमारले नै आउट गरेका हुन्।





























प्रतिक्रिया