काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध विशाल योगफल खडा गरेको छ।
आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएकाे हाे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरे। उनले ९४ बलमा १३ चौका र १ छक्काको मद्दतले ठीक १०० रन बनाएर अन्तिम ओभरमा रन आउट भए। अनुभवी ब्याटर विनोद भण्डारीले ७९ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेलेर टोलीलाई बलियो स्थितिमा पुर्याए।
अन्य ब्याटरहरूमा कप्तान रोहित पौडेलले ३९ रन र गुल्सन झाले ४४ रनको महत्त्वपूर्ण योगदान दिए। ओपनर अर्जुन कुमाल ११ रनमा आउट भए भने भीम सार्की शून्य रनमै पेभिलियन फर्किएका थिए। आरिफ शेखले ११ रन जोडे। नेपालले अतिरिक्त स्वरूप २८ रन प्राप्त गरेको थियो।
बलिङतर्फ युएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए। त्यस्तै, हैदर अली र खुजैमा तन्वीरको नाममा १–१ विकेट रह्यो।





























प्रतिक्रिया