सूर्यवंशीमाथि बालश्रम शोषण भएको भन्दै राजस्थानमाथि मुद्दा हाल्ने चेतावनी

सूर्यवंशीमाथि बालश्रम शोषण भएको भन्दै राजस्थानमाथि मुद्दा हाल्ने चेतावनी

केन्द्रबिन्दु
570
Shares

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आफ्नो विष्फोटक ब्याटिङले विश्व क्रिकेटलाई स्तब्ध बनाइरहेका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी नयाँ कानुनी झमेलामा फस्ने संकेत देखिएको छ।

राजस्थान रोयल्सबाट खेलिरहेका सूर्यवंशीलाई लिगमा सहभागी गराएर नियम उल्लंघन गरेको भन्दै सामाजिक अभियन्ता सीएम शिवकुमार नायकले आइपिएल गभर्निङ काउन्सिल र टोलीविरुद्ध एफआईआर दर्ता गर्ने चेतावनी दिएका छन्।

के हो मुख्य विवाद?

एक टेलिभिजन बहसमा बोल्दै अभियन्ता नायकले १५ वर्षीय बालकलाई व्यावसायिक लिगमा खेलाउनु ‘बालश्रम’ भएको दाबी गरेका छन्। उनले भने, “राजस्थान रोयल्सका १५ वर्षीय वैभव सूर्यवंशीको शोषण भइरहेको छ। यो बालश्रम बाहेक केही होइन। यति सानो बालकलाई यति ठूलो व्यावसायिक लिगमा कसरी खेल्न अनुमति दिइयो? उनले अहिले खेलमा भन्दा पढाइमा ध्यान दिनुपर्छ।”

यद्यपि, भारतीय कानून अनुसार १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन निषेध गरिएको भए तापनि १४ देखि १८ वर्षका किशोरहरूलाई गैर-खतरनाक क्षेत्रमा काम गर्न अनुमति छ। विशेष गरी खेलकुद गतिविधिहरूलाई यी नियमहरूको दायराबाट बाहिर राखिएको छ, जसले गर्दा नायकको दाबी कानूनी रूपमा कत्तिको बलियो हुन्छ भन्नेमा अन्योल छ।

यो विवाद यस्तो समयमा आएको छ जब वैभवले हालै सनराइजर्स हैदरावाद विरुद्धको खेलमा मात्र ३६ बलमा शतक प्रहार गर्दै तहल्का मच्चाएका थिए । उनले टी-२० क्रिकेटमा सबैभन्दा कम बल (४७३ बल) सामना गरेर १,००० रन पूरा गर्ने कीर्तिमान समेत आफ्नो नाममा गरेका छन्। जारी सिजनमा उनले जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जोस हेजलवुड जस्ता विश्वका दिग्गज बलरहरूको डटेर सामना गरिरहेका छन्।

Skip This
Skip This
Logo