काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत जारी खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई जितका लागि २०४ रनको बलियो लक्ष्य दिएको छ।
चेन्नईको चेपौक रङ्गशालामा टस जितेर पहिले बलिङ गर्ने चेन्नईको निर्णयलाई चुनौती दिँदै लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रनको चुनौतीपूर्ण योगफल खडा गरेकाे हाे ।
लखनउका लागि ओपनर जोस इङ्लिसले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोरतर्फ डोर्याएका थिए। उनले मात्र ३३ बलको सामना गर्दै १० चौका र ६ छक्काको मद्दतले सानदार ८५ रन बनाए। इङ्लिसको ब्याटिङ स्ट्राइक रेट २५७.५८ रहेको थियो, जसले चेन्नईका बलरहरूलाई सुरुवाती ओभरदेखि नै दबाबमा राखेको थियो।
मध्यक्रममा अन्य ब्याट्सम्यानहरू सस्तैमा आउट भए पनि शाहबाज अहमदले अविजित रहँदै २५ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए। उनले ३ चौका र ३ छक्का प्रहार गर्दै अन्तिम ओभरहरूमा रनको गतिलाई कायम राखे। त्यस्तै, हिम्मत सिंहले १७ र अक्षत रघुवंशीले १८ रन जोडे। कप्तान ऋषभ पन्त भने १५ रनमै पवेलियन फर्किए।
चेन्नईका लागि बलिङतर्फ जेमी ओभरटन सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ३८ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै, अंशुल कम्बोजले ४७ रन खर्चेर २ विकेट लिए भने नुर अहमद र मुकेश चौधरीले समान १–१ विकेट हात पारे।































प्रतिक्रिया