फिफा विश्वकप २०२६ का खेल हुने १६ रंगशालाहरु

फिफा विश्वकप २०२६ का खेल हुने १६ रंगशालाहरु

केन्द्रबिन्दु
246
Shares

काठमाडौं । फिफा विश्वकप मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकामा पहिलो पटक विश्वकप आयोजना हुँदै छ। जुन १२ देखि सुरु हुने यो यसपटकको विश्वकप फुटबल पहिलो पटक तीन देशमा आयोजना हुँदैछ।

तीन देशमा हुने फुटबल महाकुम्भमा १६ वटा रंगशालामा १०४ वटा खेल हुनेछ । कस्ता छन् त फिफा विश्वकप आयोजना हुने १६ रंगशाला ।

एटलान्टा स्टेडियम– जर्जिया, अमेरिका

यो स्टेडियम २०२६ को विश्वकपका लागि यो रंगशालामा ७५ हजार दर्शक हुने अपेक्षा गरिएको छ।

बोस्टन स्टेडियम–फक्सबरी म्यासाचुसेट्स, अमेरिका

फक्सबरो म्यासाचुसेट्समा रहेको यो स्टेडियम विश्वकपअघि मर्मत गरिएको छ। यो स्टेडियममा सन् २००३ मा फिफा विश्वकपका खेलहरु आयोजना भएका थिए।

डलास स्टेडियम– आर्लिंगटन, अमेरिका

टेक्सासको आर्लिंगटनमा रहेको यो स्टेडियम ९४ हजार सिट क्षमताको रहेको छ। यो स्टेडियमलाई द डेथ स्टार पनि भनिन्छ।

ह्युस्टन स्टेडियम– ह्युस्टन, टेक्सास, अमेरिका

टेक्सास रहेको ७२ हजार सिट क्षमताको यो स्टेडियममा अमेरिकी राष्ट्रिय पुरुष फुटबल टोलीले धेरै खेल खेलेका छन्।

कान्सास सिटी स्टेडियम–कान्सास सिटी, मिसौरी अमेरिका

गिनिज वल्र्ड रेकर्डका अनुसार मिसौरीको फुटबल स्टेडियम विश्वकपको सबैभन्दा ठुलो बाहिरि खेलकुद स्थल हो।

लस एन्जलस स्टेडियम–इंग्लवुड, क्यालिफोर्निया, अमेरिका

लस एन्जलस स्टेडियम, सन् २०२६ को विश्वकप आयोजना गर्न निर्माण गरिएको रंगशाला हो। यसको निर्माण सन् २०२० मा सम्पन्न भएको थियो। यो रंगशाला ७० हजार दर्शक क्षमताको रहेको छ।

मायामी रंगशाला –मियामी गार्डेन, फ्लोरिडा, अमेरिका

मियामी रंगशाला एनएफएलको मियामी डल्फिन र मियामी ओपन टेनिस आयोजना हुदै आएको छ। विश्वकपका लागि यो रंगशालाको क्षमता ६५ हजार हुने अपेक्षा गरिएको छ।

न्युर्योक-न्युजर्सी रंगशाला, इस्ट रदरफोर्ड, अमेरिका

सन् २०२६ को विश्वकपको फाइनल खेल यो रंगशालामा हुनेछ। यो स्टेडियममा सन् २०१० मा उद्घाटन भएपछि खेलकुद र उच्चस्तरीय कन्सर्टका कार्यक्रम यहाँ हुदै आएका छन्। यो रंगशालामा अहिलेसम्म ९३ हजार दर्शकहरु उपस्थित भएको रेकर्ड छ।

फिलाडेल्फिया स्टेडियम, पेन्सिलभेनिया, अमेरिका

सन् २००३ मा म्यानचेष्टर युनाइटेड र बार्सिलोनाबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै यो स्टेडियमको उद्घाटन गरिएको थियो। यो मैदानमा ६९ हजार दर्शक अटाउने क्षमता छ।

सान फ्रान्सिस्को खाडी क्षेत्र रंगशाला, सान्टा क्लारा, क्यालिफोर्निया, अमेरिका

सन् २०१४ मा यो रंगशालाको उद्घाटन भएपछि एनएफएलका ४९ खेलाडीहरुले क्यालिफोर्नियाको सान्ता क्लारामा घरेलु खेल खेलेका छन्। यो रंगशालामा ७१ हजार दर्शक क्षमताको छ।

सिएटल स्टेडियम, सिएटल वासिङटन, अमेरिका

सिएटल स्काइलाइनको दृश्यहरुसहित घोडाको नाल आकारको यो रंगशाला ६९ हजार र्दशक क्षमताको छ। यो मैदानमा विभिन्न गोल्ड कप र कन्काकाफ च्याम्पियन्स कप जस्ता प्रतियोगिता यो स्टेडियममा भएका छन्।

टोरोन्टो रंगशाला– ओन्टारियो, क्यानडा

क्यानडाको ओन्टारियोमा रहेको यो रंगशाला ४५ हजार क्षमताको रहेको छ। यो रंगशालामा क्यानडाली राष्ट्रिय पुरुष टोलीले जमैकालाई हराउँदै ३६ वर्षपछि २०२२ को कतार विश्वकपमा स्थान बनाएको थियो।

बीसी प्लेस भ्यानकुभर– भ्यानकुभर, ब्रिटिश कोलम्बिया, क्यानडा

बीसी प्लेस क्यानडाको भ्यानकुभरमा २०१० को शीतकालीन ओलम्पिकको मुख्य आयोजना स्थल थियो। यो फल्स क्रिकको किनारमा अवस्थित छ, यो रंगशाला ५४ हजार क्षमताको छ।

एस्टाडियो सिउडाड डि मेक्सिको– म्याक्सिको सिटी, मेक्सिको

मेक्सिको सिटीको प्रतिष्ठित यो रंगशालामा सन् १९७० र १९८६ को विश्वकप फुटबलको फाइनल आयोजना भएको थियो। यो रंगशालामा पेले र डिएगो म्याराडोनाले खेलेका थिए। अहिले मर्मतकै चरणमा रहेको यो रंगशाला मर्मतसम्भार पूरा भएपछि यसको क्षमता ९० हजारको हुनेछ। यो रंगशालामा मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ।

एस्टाडियो ग्वाडालाजारा– जोपापान, जालिस्को, मेक्सिको

मेक्सिकोको जालिस्कोमा रहेको ग्वाडालाजारा नजिकै रहेको यो रंगशाला ४८ हजार दर्शक क्षमताको रहेको छ। यो मैदानमा चिभासले नियमित सिजनमा घरेलु खेल खेल्दै आएको छ। यो रंगशालामा मेक्सिकन राष्ट्रिय टोलीले दक्षिण कोरियाविरुद्ध दोस्रो खेल खेल्नेछ।

इस्टाडियो मोन्टेरे– ग्वाडालुपे, नुएभो लियोन, मेक्सिको

मेक्सिकोको नुएभो लियोनको ग्वाडालुपेमा यो रंगशालालाई वरपरको संरचनाको कारण द स्टील जायन्ट उपनाम दिइएको छ। ५३ हजार ५ सय सिट क्षमता रहेको यो रंगशालामा रायाडोसले घरेलु खेल खेल्ने गरेको छ।

Logo