काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक महत्वपूर्ण कोसेढुङ्गा पार गरेका छन्। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध जारी खेलमा उत्कृष्ट ब्याटिङ गर्दै भुर्तेलले आफ्नो ओडीआई करियरमा १,५०० रन पूरा गरेका हुन्।
यो गौरवमय उपलब्धि हासिल गरेसँगै भुर्तेल ओडीआई क्रिकेटमा १५०० रनको आँकडा पार गर्ने नेपालका चौथो खेलाडी बनेका छन्। उनीभन्दा अगाडि कप्तान रोहित पौडेल, आसिफ शेख र दीपेन्द्र सिंह ऐरीले मात्र यो सफलता प्राप्त गरेका छन्।
अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले कप्तानी इनिङ्स खेल्दै मात्र ५० बलमा ७ चौका र २ छक्काको मद्दतले ५४ रन बनाएर क्रिजमा टिकिरहेका छन्। उनको यो उत्कृष्ट अर्धशतकीय इनिङ्सकै मद्दतले नेपालले १५.२ ओभरमा बिनाकुनै विकेट ९२ रन बनाएर जिततर्फ बलियो पाइला चालेको छ।
दोस्रो प्रहारमा अर्का ओपनर आसिफ शेखले पनि ४२ बलमा ३७ रन बनाएर उनलाई बलियो साथ दिइरहेका छन्।





























प्रतिक्रिया