कोहली र अयरको अर्धशतकमा आरसीबीले पञ्जाबलाई दियो २२३ रनको लक्ष्य

कोहली र अयरको अर्धशतकमा आरसीबीले पञ्जाबलाई दियो २२३ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले पञ्जाब किंग्सविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै विशाल योगफल तयार पारेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको पहाड खडा गरेको हो।

आरसीबीका लागि मध्यक्रमका ब्याटर वेनकटेश अयरले विष्फोटक इनिङ्स खेले। उनले मात्र ४० बलमा ८ चौका र ४ छक्काको मद्दतले अविजित ७३ रन बनाए। उनलाई ओपनर विराट कोहलीले उत्कृष्ट साथ दिए। कोहलीले ३७ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरी ५८ रनको योगदान दिए।

अर्का ब्याटर देवदत्त पडिक्कलले २५ बलमा ४५ रन बनाउँदै टोलीको रन गतिलाई तीव्र पारे भने अन्तिमतिर टिम डेविडले आक्रामक अन्दाजमा १२ बलमा २८ रन जोडे।

पञ्जाब किंग्सका बलरहरू आज निकै महँगो साबित भए । हरप्रीत बरारले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यस्तै अर्शदीप सिंह र युजवेन्द्र चहलको भागमा समान १–१ विकेट रह्यो। लकी फर्गुसन र चहलले प्रतिओभर १४ भन्दा बढीको दरले रन खर्चिएपछि आरसीबीले ११.१० को उत्कृष्ट रनरेटमा २२२ रन बनाउन सफल भयो।

Logo