फिफा विश्वकप-२०२६ : सबैभन्दा सानो देश कुरासाओको अन्तिम टोली घोषणा

फिफा विश्वकप-२०२६ : सबैभन्दा सानो देश कुरासाओको अन्तिम टोली घोषणा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । पहिलो पटक फिफा विश्वकप-२०२६ मा छनौट भएको क्यारिबियन क्षेत्रको सानो देश कुरासाओले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक डिक एडभोकाट घोषणा गरको टोलीमा जुनिन्हो बाकुना, ताहिथ चोङ, इलोई कोथा र जुर्गेन लोकाडिया जस्ता अनुभवी खेलाडी रहेका छन् । कुरासाओको टोलीमा धेरै खेलाडी नेदरल्यान्ड्समा जन्मिएका वा त्यहाँ खेलिरहेका छन्। किनकि कुरासाओ नेदरल्यान्ड्सको अधीनस्थ देश हो । त्यसैले डच मूलका खेलाडीहरू कुरासाओको टिममा धेरै छन् ।

यो देशको जनसंख्या करिब १.५ लाख मात्र छ । कुरासाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश बनेको छ।

छनौट चरणमा अपराजित रहेको यो टिमलाई ‘ब्लु वेभ’ उपनाम दिइएको छ । फिफा विश्वकप-२०२६ को समुह ‘ई’ मा रहेको यो टीमले समुह चरणमा जर्मनी, इक्वाडर र आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ ।

कुरासाओको टोली :

गोलकिपर : इलोई कोथा, ट्रेवर डोर्नबुश, टाइरिक बोडाक

डिफेन्डर : रिचेडली बाजोयर, जोशुआ ब्रेनेट, रोशोन भ्यान इज्मा, शेरेल फ्लोरानस, डेभरोन फोनभिल, जुरियन गारी,अर्मान्डो ओबिस्पो, शुरन्डी साम्बो

मिडफिल्डर : जुनिन्हो बाकुना, लिआन्ड्रो बाकुना, लिभानो कोमेनेन्सिया, केभिन फेलिडा,अर्जानी मार्था, टायरेस नोस्लिन, गडफ्राइड रोमेराटो

फरवार्ड : जेरेमी एन्टोनिस, ताहिथ चोङ, केन्जी गोरे, सोन्टजे हान्सन, गेर्भेन कास्टानेर, ब्रान्डले कुवास, जुर्गेन लोकाडिया, जर्ल मार्गारीथा

Skip This
Skip This
Logo