आईपीएलमा गुजरात टाइटन्सक जित

आईपीएलमा गुजरात टाइटन्सक जित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्ससँग ८९ रनले पराजित भएपछि पाँचपटकको च्याम्पियन चेन्नई सुपर किंग्स लिग चरणमै सीमित बनेको छ ।

बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा १४० रनमै समेटियो । चेन्नईका शिवम दुबेले ४७, म्याथ्यु शर्टले २४, कार्तिक शर्मा र अन्सुल कम्बोजले समान १९ तथा कप्तान रुतुराज गायकवाडले १६ रन बनाए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको थियो । गुजरातका साई सुदर्शनले सर्वाधिक ८४ रनको इनिङ खेले । उनले ५३ बलमा सात चौका र चार छक्का प्रहार गरे । कप्तान शुभमन गिलले ६४ र जस बट्लरले अविजित ५७ रनको योगदान गरे ।

यो जितसँगै १४ खेलबाट १८ अंक जोडेको गुजरात दोस्रो स्थानमा छ । पराजित चेन्नई समान खेलबाट १२ अंकका साथ सातौँ स्थानमा छ ।

Skip This
Skip This
Logo