फ्रेन्चकपको उपाधी लेन्सलाई

फ्रेन्चकपको उपाधी लेन्सलाई

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । फ्रेन्चकपको उपाधी लेन्सले जितेक छ । निसमाथि ३–१ को जित रच्दै शुक्रबार क्लब इतिहासमै पहिलो पटक फ्रेन्चकप जितेको हो ।

स्टेड डे फ्रान्समा भएको फाइनलमा लेन्सका लागि फ्लोरिन थउभिनले एक गोल गरे र अर्को गोलमा अवसर पनि सिर्जना गरे । यससँगै लेन्सले यो सिजनमा आफ्नो शानदार प्रदर्शन कायम राख्यो ।

फ्रान्सेली लिग वानमा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई बलियो चुनौती दिएर लेन्स अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो र अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको थियो ।

लेन्स तीन पल्ट फ्रेन्च कपको फाइनल पुगे पनि अहिलेसम्म जित्न सकेको थिएन् । सन् १९९८ मा लेन्सले लिग वानको उपाधि जितेको थियो र यो नै एक्लो ठूलो सफलता रहेको छ ।

Logo