विश्वकपमा फिफाको नयाँ नियम : खेलाडीबीच विवाद हुँदा मुख छोपे रोतो कार्ड

विश्वकपमा फिफाको नयाँ नियम : खेलाडीबीच विवाद हुँदा मुख छोपे रोतो कार्ड

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकप फुटबल- २०२६ मा केही नयाँ नियम ल्याएको छ ।

सन् १९७० को विश्वकप फुटबलमा पहिलो पटक पहेँलो र रातो कार्ड प्रयोगमा आएको थियो । सन् २०१८ आइपुग्दा ‘भार’ ले विश्वकपमा डेब्यू गर्‍यो । सन् २०२२ को विश्वकपको विशेषता थियो, रेफ्रीबाट अतिरिक्त समयलाई सक्दो लामो बनाइएको थियो । त्यसो भए, अबको विश्वकपमा नयाँ के हुँदै छ ?

मौसम अत्यधिक गर्मी हुने ठाउँमा अचेल खेलाडीले खेलको बीचमै विश्राम लिने र तरल पदार्थ लिने त सामान्य नै भयो । तर यसअघि विश्वकपमा यो अनिवार्य भने थिएन । अब फिफाले प्रत्येक हाफको बीचमा तीन मिनेटको ‘हाइड्रेसन’ विश्राम नियम ल्याउँदै छ । यो नियम मौसम चिसो भए पनि लागू हुनेछ । ,

यो विश्वकपबाट कर्नर र दोस्रो पहेँलो कार्डमा पनि ‘भार’को प्रयोग हुने छ । गोलका क्रममा हुनसक्ने गम्भीर भुल, पेनाल्टीको घटना, सिधै रातो कार्ड र खेलाडी पहिचानमा हुनसक्ने भुलमै मात्र लागू भइरहेको थियो । खेलाडी दोहोरो पहेँलो कार्डमा मैदान छाड्नुपर्ने हुन्छ भने ‘भार’ को मदत लिइने छ ।

अब गोल किक्स, थ्रो–इन र सब्स्टिच्युसनमा पनि ‘काउन्टडाउन’ गरिनेछ । खेलाडीले समय खेर पठाउने नकारात्मक प्रयास गर्न नसकोस् भन्ने यसको उद्देश्य हुनेछ,।

गोलरक्षकलाई आठ सेकेन्डको नियम लागू भएयता अहिले नयाँ परिवर्तन अगाडि आएको छ । गोलरक्षकले पनि लामो समय खेर पठाउँछ भने सिधै विपक्षी टिमलाई कर्नर दिइने भएको थियो । यस्तै खेलाडीलाई सब्स्टिच्युसन बोर्डमा नम्बर देखाइसकेपछि उनले १० सेकेन्डभित्र मैदान छाड्नु पर्नेछ । यदि खेलाडी यस्तो गर्न असफल रहेमा खेल नरोकिएसम्म सब्स्टिच्युसन खेलाडीलाई मैदानमा प्रवेश गर्न दिइने छैन ।

खेलाडी–खेलाडीबीच विवाद हुँदा कसैले आफ्नो मुख छोप्छ भने त्यो स्थितिमा रातो कार्ड देखाइ मैदान बाहिर पठाइने छ । यस्तै पिफाले के पनि भनेको छ भने कसैले विरोध गर्दै खेलको बीचमै मैदान छाड्छ भने रातो कार्ड देखाइने छ । एएफपीबाट

Skip This
Skip This
Logo