गर या मरको खेलमा राजस्थानद्वारा मुम्बईसामु २०६ रनको लक्ष्य प्रस्तुत

गर या मरको खेलमा राजस्थानद्वारा मुम्बईसामु २०६ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिले ब्याटिङ गर्दै २०५ रनको विशाल योगफल तयार पारेको छ।

मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा टस जितेर पहिले फिल्डिङ गर्ने मुम्बईको निर्णयलाई चुनौती दिँदै राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको हो।

राजस्थानको सुरुवात मध्यम रहे पनि मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। प्रारम्भिक ब्याटर यशस्वी जयसवालले १७ बलमा २७ रन जोडे भने ध्रुव जुरेलले २६ बलमा ३८ रनको महत्वपूर्ण योगदान दिए। कप्तान रियान पराग भने मात्र १४ रनमा आउट भए।

मध्यक्रममा दासुन शनाकाले १५ बलमा २९ रन र जोफ्रा आर्चरले मात्र १५ बलमा ३२ रनको विष्फोटक इनिङ्स खेल्दै रन गतिलाई तीव्र बनाए। खेलको अन्त्यतिर रवीन्द्र जडेजाले ११ बलमा नटआउट १९ रन र नान्द्रे बर्गरले मात्र ३ बलमा १ छक्कासहित १० रन जोड्दै टोलीको स्कोर २०० पार गराए।

मुम्बई इन्डियन्सका बलरहरू आज निकै महँगा सावित भए। दीपक चाहरले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए भने शार्दुल ठाकुरले पनि ४ ओभरमा ४१ रन दिँदै २ विकेट चट्याए। त्यसैगरी विल ज्याक्स, एएम गजनफर र कोर्बिन बोशले समान १–१ विकेट लिए।

Skip This
Skip This
Logo