एभरटनलाई हराउदै रेलिगेसनबाट जोगियो टोटनहम

एभरटनलाई हराउदै रेलिगेसनबाट जोगियो टोटनहम

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा एभरटनविरुद्ध १–० को कठिन जित निकाल्दै टोटनहम हटस्पर रेलिगसनबाट जोगिएको छ ।

आइतबार टोटनहम हटस्पर रंगशालामा जोआओ पाल्हिन्हाले पहिलो हाफमा गरेको एकमात्र गोल घरेलु टोली टोटनहमलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ४२औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै टोटनहमले ३८ खेलबाट ४१ अंक जोडेर १७औँ स्थानमा रहँदै लिग सक्काएको छ । यो १८औँ स्थानमा रहेर रेलिगेसनमा परेको वेस्ट ह्याम युनाइटेडको भन्दा मात्र दुई अंक बढी हो ।

पराजित एभरटनले समान खेलबाट ४९ अंकका साथ १३औँ स्थानमा रहेर लिग सक्काएको छ । यो सिजन आर्सनल च्याम्पियन बन्दा वेस्ट ह्याम, बर्नेली र उल्भ्स रेलिगेसनमा परेका छन् ।

Logo