काठमाडौं । काजकिस्तानविरुद्ध ३–१ को सेटमा जित निकाल्दै इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।
इरान अपराजित रहँदै च्याम्पियन बनेको हो । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलको पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट भने १९–२५ ले गुमाएको थियो ।
त्यसपछिका दुई सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पार्दै इरान च्याम्पियन बन्यो । सेमिफाइनलमा इरानले नेपाल र काजकिस्तानले भारतलाई पराजित गरेका थिए ।
शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई २५–२२, २५–२३, १५–२५, २५–२२ ले पराजित गरेको थियो । जेठ ८ बाट सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।































प्रतिक्रिया