काठमाडौं । ब्राजिली सनसनी जाओ फोनसेकाले आइतबार कास्पर रुडलाई चार सेटमा पराजित गर्दै फ्रेन्च ओपन २०२६ को क्वाटरफाइनलमा पुगेका छन् । यसअघि नोभाक जोकोभिचलाई पनि हराएका उनी ग्रान्ड स्लामको क्वाटरफाइनल पुगेको यो पहिलो पटक हो ।
रोलान्ड ग्यारोसमा भएको खेलमा फोनसेका ७–५, ७–६, ५–७ र ६–२ ले विजयी रहे । अब उनको सामना चेक खेलाडी ज्याकब मेनसिकविरुद्ध हुनेछ । उनले पनि पहिलो पटक ग्रान्ड स्लाम टेनिसको क्वाटरफाइनल पुग्न आन्द्रे रुबलेभलाई हराए ।
रोमाञ्चक पाँच सेट चलेको खेलमा २० वर्षीय मेनसिक ६–३, ७–६, ४–६, २–६ र ६–३ ले विजयी रहे । महिलातर्फ पूर्व च्याम्पियन इगा स्वाटिक युक्रेनकी मार्टा कोस्युकको हातबाट ७–५ र ६–१ ले पराजित रहिन् ।





























प्रतिक्रिया