काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पुरुष टी-२० विश्वकपका लागि ‘ग्लोबल क्वालिफायर’ प्रणाली पुनः स्थापना गर्ने योजनालाई स्वीकृत गरेको छ।
बोर्ड बैठककाे यो निर्णयले नेपाल जस्ता एसोसिएट राष्ट्रहरूको विश्वकप यात्राको मार्गचित्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने देखिएको छ।
आईसीसीले व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको संरचना र छनोट प्रक्रिया (पाथवे)लाई अन्तिम रूप दिन निर्देशन दिएको छ । यसअघि नेपालले सन् २०२४ र २०२६ को विश्वकपका लागि एसियाली क्षेत्रीय छनोटमार्फत स्थान सुरक्षित गरेको थियो।
अब नयाँ प्रणाली लागू भएमा नेपालले विश्वकप पुग्नका लागि क्षेत्रीय छनोट पार गरेर पुनः विश्वका अन्य क्षेत्रका टोलीसँग ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ ।





























प्रतिक्रिया