फिफा विश्वकप २०२६ : आइभरीकोस्ट १–० ले विजयी

फिफा विश्वकप २०२६ : आइभरीकोस्ट १–० ले विजयी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आइभरीकोस्टले फिफा विश्वकप २०२६ को समूह ‘ई’ को खेलमा सोमबार इक्वडेरलाई १–० ले पराजित गरेको छ । जितसँगै आइभरीकोस्टले तीन बहुमूल्य अंक बटुलेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका अमाद डियालोले ९० औं मिनेटमा गोल गरेका हुन् ।

यससँगै आइभरीकोस्ट समूहको दोस्रो स्थानमा रह्यो । यो समूहमा जर्मनी तीन अंकमा शीर्षमा छ । इक्वेडर र कुराकाउ भने शून्य अंकमा रहे । जर्मनीले यसअघि भएको खेलमा कुराकाउलाई ७–१ को ठूलो अन्तरले पराजित गरेको थियो ।

रक्षापंक्तिमा जोड दिने दुवै टिमले खेलको अधिकास समय संयमित भएर खेलेका थिए । पहिलो हाफमा इक्वडेरका दुई प्रहार पोस्टमा लागेको थियो । आइभरीकोस्टको जितले जर्मनीसँगै अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ ।

Logo