काठमाडौं, २७ मंसिर । प्रथम अन्तराष्ट्रिय ह्वीलचेयर त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले पराजित गरेको छ ।
टि–२० सिरिज अन्तर्गत बंगलादेशले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा नेपाल समक्ष ७७ रन बनाएको थियो । प्रतिउत्तरमा उत्रिएको नेपालले १३ ओभरमा १ विकेटको क्षति ब्योहर्दै बंगलादेशलाई पराजित गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना भैरहेको यो प्रतियोगिताको आयोजना ह्वील चेयर क्रिकेट एसोसिएसनले गरिरहेको छ । प्रतियोगिता अन्तर्गत भोली शुक्रवार बंगलादेश र भारत विच खेल हुने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया