चम्किन सक्छन् स्पेनका मिकेल ओयरजाबल

चम्किन सक्छन् स्पेनका मिकेल ओयरजाबल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सबै कीर्तिमान सम्झनयोग्य हुन्छ भन्ने छैन, स्पेनका मिकेल ओयारजाबलले यस विश्वकपमा स्पेनको पहिलो खेलमा केप भार्डेविरुद्ध यस्तो कीर्तिमान बनाए, जुन बिर्सनलायक रह्यो।

कमजोर मानिएको केप भार्डेविरुद्ध स्पेनले एकोहोरो आक्रमण गरिरहे पनि फरवार्डको भूमिकामा रहेका ओयारजाबलले पहिलो ३० मिनेट बल छुन पनि पाएनन्।

सन् १९६६ देखि तथ्यांक राख्न लागेयता पहिलो पटक यस्तो भएको थियो। स्पेन ‘फल्स नाइन’ मा जोड दिने हुनाले बल मिडफिल्डमा घुमिरहेको कारण पनि हुनसक्छ ओयारजाबल नकारात्मक कीर्तिमानको सिकार बने। उनै ओयारजाबलले अर्को खेलमा साउदी अरेबियाविरुद्ध दुई गोल गर्नुका साथै लामिन यामललाई गोलका लागि पास उपलब्ध गराइदिएका थिए।

ओयारजाबल यस्ता खेलाडी हुन्, जसले २०१९/२० र २०२५/२६ कोपा डेल रेको फाइनलमा गोल गरेको इतिहास छ। युरो २०२४ मा इंग्ल्यान्डविरुद्धको फाइनलमा पनि उनले ८६ औं मिनेटमा विजयी गोल गर्दै स्पेनलाई उपाधि दिलाएका थिए।

उनी स्पेनिस टोली रियल सोसिडाडका खेलाडी हुन्। यो बास्क टोलीका लागि उनले ४ भन्दा बढी खेल खेल्दै १ सय ३० गोल गरेका छन्। उनी यस टोलीका कप्तान पनि हुन्। स्पेनको राष्ट्रिय टोलीबाट उनले २०१६ मा ‘डेब्यु’ गरेका थिए।

त्यसयता उनले ५६ खेल खेल्दै २७ गोल गरेका छन्। यस विश्वकपमा उनले समूह चरणको तीनै खेलमा पहिलो रोजाइबाट खेलेका थिए।

Logo