काठमाडौं । अमेरिकी नौसेनाको एमएच-६०एस सिहक हेलिकप्टर बुधबार अरब सागरमा आपत्कालीन अवतरण गरेको छ। चालक दलका चार सदस्यमध्ये तीन जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने एक जना बेपत्ता छन्। उनको खोजी जारी छ।
अमेरिकी नौसेनाका अनुसार हेलिकप्टर यूएसएस जर्ज एच.डब्ल्यू. बुस विमान वाहकबाट उडानमा थियो। आपत्कालीन अवतरणपछि उद्धार गरिएका तीन चालक दलका सदस्यको अवस्था स्थिर छ।
अमेरिकी नौसेनाले प्रारम्भिक अनुसन्धानमा हेलिकप्टरमा आक्रमणको कुनै संकेत नदेखिएको बताएको छ। दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ। एजेन्सी






























