अमेरिकाले रच्यो इतिहास, बोस्निया तथा हर्जगोभिनालाई २-० ले पराजित गर्दै अन्तिम १६ मा

अमेरिकाले रच्यो इतिहास, बोस्निया तथा हर्जगोभिनालाई २-० ले पराजित गर्दै अन्तिम १६ मा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा अमेरिकाले बोस्निया तथा हर्जगोभिनाविरुद्ध २-० को जित हासिल गरेको छ। यो जितसँगै अमेरिका जारी विश्वकपको अन्तिम १६ अर्थात प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा भएको खेलमा अमेरिकाले पहिलो हाफमा १ र दोस्रो हाफमा अर्को गोल गरेर जित हात पारेको हो। अमेरिका जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत रहेको अमेरिकाले खेलको ४५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो।

अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाएका हुन्।

अमेरिकालाई पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए। १० जना खेलाडीमा सीमित अमेरिकाले बोस्नियालाई पराजित गर्दै इतिहास अन्तिम १६ मा प्रवेश गरेर इतिहास रचेको छ।

यसअघि अमेरिका अस्ट्रेलिया र पाराग्वेलाई पराजित गर्दै ९६ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको थियो। समूह चरणको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २–० पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो।

Logo