सानदार जितसँगै स्पेन अन्तिम १६ मा

सानदार जितसँगै स्पेन अन्तिम १६ मा

केन्द्रबिन्दु
9
Shares

लस एन्जलस । उच्च दाबेदारिता प्रस्तुत गर्दै स्पेन विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनले शुक्रबार बिहान लस एन्जल्समा भएको अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० गोलले पराजित गर्‍यो ।

मिकेल ओयरजाबलले २ र पेड्रो पोरोले १ गोल गर्दै स्पेनलाई विजय दिलाए । स्पेनले अमेरिकामै सन् १९९४ मा भएको विश्वकपमा स्विट्जरल्यान्डलाई ३–० ले पराजित गरेयता नकआउट चरणमा पहिलो पटक २ गोल गरेको हो ।

सन् २०१० मा विश्वकप जितेयता स्पेनले पहिलो पटक नकआउट चरणको खेल जितेको हो । स्पेन प्रतियोगितामा कुनै गोल नखर्ची अगाडि बढिरहेको छ । स्पेनले पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग क्वाटरफाइनलमा स्थान पाउन खेल्ने छ ।

अस्ट्रियाले रक्षात्मक खेलिरहेको समयमा स्पेनले एकपछि अर्को आक्रमण गरिरहेको थियो र यसैक्रममा ३६ औं मिनेटमा फरवार्ड ओयरजाबलले गोलको खडेरीलाई तोडेका थिए । उनले मार्क कुकुरेलाको पासलाई सदुपयोग गरेका थिए ।

६६ औं मिनेटमा व्यक्तिगत स्किल देखाउँदै गरेको उत्कृष्ट क्रसमा ओभरल्याप आएका पोरोले हेडमा स्पेनबाट दोस्रो गोल गरे । कुकुरेलाकै सुन्दर पासमा ओयरजाबलले ८९ औं मिनेटमा तेस्रो गोल गरे ।

सन् १९९८ यता अस्ट्रियाको यो पहिलो विश्वकप थियो । टोलीले सन् १९५४ यता पहिलो पटक विश्वकप खेलिरहेको थियो । तर मध्यपंक्तिमा बल नियन्त्रणमा राखेर खेलेको स्पेनविरुद्ध अस्ट्रियाको खासै केही लागेन ।

Skip This
Skip This
Logo