इजिप्टविरुद्धको खेलमा मेसीले कायम गरे यस्ता विश्व रेकर्ड

इजिप्टविरुद्धको खेलमा मेसीले कायम गरे यस्ता विश्व रेकर्ड

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले गएराति इजिप्टविरुद्धको खेलमा विभिन्न विश्व रेकर्ड बनाएका छन्। जारी विश्वकपको हालसम्म भएका खेलमा ८ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका मेसीले विश्वकप इतिहासमा पनि सर्वाधिक गोलकर्ताको आफ्नै रेकर्डलाई अझ विस्तार गरेका छन्।

गएराति इजिप्टविरुद्ध उनले गरेको १ गोलसँगै उनले विश्वकपमा गरेको गोल संख्या २१ पुगेको छ। त्यसैगरी उनी विश्वकपको ९ खेलमा लगातर गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

त्यसैगरी उनको नाममा अर्को एउटा नकारात्मक रेकर्ड पनि बनेको छ। मेसीले जारी विश्वकपमा आफूले पाएका दुई पेनाल्टीमा गोल गर्न सकेनन्। गएराति इजिप्टविरुद्धको खेलमा उनले पेनाल्टीमा गोल गर्न सकेनन्। तर, पेनाल्टी मिस गरे पनि उनले उत्कृष्ठ पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाए।

यसअघि उनी जारी विश्वकपको समूह चरणको खेलमा अष्ट्रियाविरुद्ध पनि पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए।

Logo