काठमाडौं । इंग्ल्यान्डले विश्वकप २०२६ को क्वाटरफाइनलमा नर्वेको सामना गर्दा सबैको ध्यान डिफेन्डर निको ओ’रेलीमा रहनेछ। यसको स्पष्ट दुई कारण छन्।
पहिलो, इंग्ल्यान्डले नर्वेलाई रोक्ने हो भने प्रमुख खेलाडी इर्लिङ हालान्डलाई रोक्नुपर्नेछ। यही सबैभन्दा ठूलो जिम्मेवारी उनको काँधमा रहेको छ। अर्को कारण मेक्सिकोविरुद्धको खेलमा रातो कार्ड खाएका हुनाले जारेल क्वान्सा डिफेन्समा हुने छैनन्।
त्यति मात्र होइन, अर्को रक्षापंक्तिका खेलाडी मार्क गुएही पनि चोटका कारण सम्भवतः नर्वेविरुद्ध खेल्न असमर्थ रहने छन्। त्यसैले इंग्लिस डिफेन्स अलिकति फरक हुन सक्नेछ। यही फरक डिफेन्सको नेतृत्व गर्ने क्रममा रहनेछन्, २१ वर्षीय खेलाडी ओ’रेली। संयोग कस्तो भने हालान्ड पनि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट खेल्नछन् भने ओ’रेली पनि त्यसै टिमका प्रमुख खेलाडी हुन्।
धेरै होइन, एक दुई सिजनअसिसम्म ओ’रेली प्रिमियर लिगमा आफूलाई स्थापित गर्नेक्रममा थिए। तर अहिले उनी सिटी मात्र होइन, इंग्लिस टिमकै प्रमुख खेलाडी बनेका छन्। उनको यो यात्रालाई धेरैले उत्कृष्ट मानेका छन्। मेक्सिकोविरुद्ध इंग्ल्यान्ड १० खेलाडीमा सीमित रहेपछि ओ’रेलीको प्रदर्शन असाध्यै बहादुरीपूर्ण रह्यो।
नर्वेविरुद्धको खेललाई लिएर ओ’रेलीले भनेका छन्, ‘हाम्रो प्रमुख जिम्मेवारी भनेकै हालान्डलाई रोक्नुहुनेछ, गोल अवसर नदिने हुनेछ। तर हामीलाई के थाहा छ भने नर्वेली टिम भन्नु नै उनी एक्लो खेलाडी होइनन्।’ इंग्ल्यान्ड ६ दशकयता पहिलो ठूलो उपाधि जित्ने अभियानमा छ। यो टिमलाई सेमिफाइनल पुग्नु छ भने ओ’रेलीले राम्रो खेल्नुपर्नेछ।






























