च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

केन्द्रबिन्दु
0
Shares

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक उपविजेता पीएसजी जर्मन क्लब आरबी लाइप्जिकसँग २–१ गोलअन्तरले पराजित भएको छ।

डि मारियाले छैटौं मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा पिएसजी पराजित भएको हो। च्याम्पिन्स लिगमा दोस्रोपटक पराजय भोगेको पीएसजी ३ अंकका साथ समूहको तेस्रो स्थानमा छ ।

विजयी लाइप्जिकले भने जितसहित ६ अंक बनाएर दोस्रो स्थानमा पकड जमाएको छ।

त्यस्तै साेही समूहकाे अर्काे खेलमा  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । इस्तानबुल बसाक्सेरको मैदानमा सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमसँग २–१ गोलको पराजय भोगेको हो ।

लिगमा पहिलो जितसहित बसाक्सेरले तीन अंक जोडेको छ भने पराजित युनाईटेड ६ अंकका साथ समूह एचको शीर्षस्थानमा छ ।

Logo