काठमाडौं ।
आईपीएल अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गरेको छ ।
यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।































प्रतिक्रिया