‘पार्टीले समान रूपमा टिकट वितरण गर्नुपर्छ’

‘पार्टीले समान रूपमा टिकट वितरण गर्नुपर्छ’


काठमाडौँ, १० कात्तिक । विभिन्न राजनीतिक दलका नेताले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनामा दलित समुदायलाई प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्ने माग गरेका छन् । 

दलित महिला संघ (फेडो)द्वारा आज यहाँ आयोजित ‘आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व, अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा विभिन्न दलका दलित नेताले आफूहरूको पनि पार्टीमा योगदान रहेको र प्रत्यक्ष निर्वाचन लड्नयोग्य भएको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान संशोधन, काूनन र निर्वाचन प्रणाली संशोधनका लागि दलित समुदायले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तिलक परियारले प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको सहभागिता बढाउनका लागि पार्टीभित्र सक्दो पहल भइरहेको बताए । 

नेकपा (एमाले)का नेता जीतु गौतमले पैसा र पार्टीको शीर्ष नेतासम्म पहँुच हुनेले मात्र निर्वाचनको लागि टिकट पाउने संस्कारको अन्त्य गरिनुपर्नेमा जोड दिए । नयाँ शक्ति नेपालका सह–संयोजक दुर्गा सोव, निवर्तमान सांसद टेकु नेपाली, दलित अधिकारकर्मी भक्त विश्वकर्मा, चक्र विश्वकर्मा र (फेडो) का अध्यक्ष कला स्वर्णकारले थप अधिकार प्राप्तिका लागि संयुक्त दलित आन्दोलनको आवश्यकता औँल्याए । 

दलित समुदायबाट पहिलो संविधान सभामा ५० जना तथा दोस्रो संविधान सभामा ४० जना सांसदको सहभागिता रहेको थियो । रासस

Logo