बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना अलाभेससँग बराबरीमा रोकिएको छ । मेन्डिजोर्रोजा स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलको ३१ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै घरेलु टोलीले अग्रता बनाएको थियो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजमनले ६३ औं मिनेटमा गोल गरेका थिए।

बराबरीमा रोकिएको बार्सिलोना ला लिगाका पछिल्ला ४ खेलमा जितबिहीन छ । ला लिगाको अंकतालिकामा बार्सिलोना ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तालिकाको १२ औं स्थानमा छ।

Skip This
Skip This
Logo